झापा – स्थानीयले गोरु काटेको विवाद भएपछि कामाटोली ३ झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका रसिकुल आलमको मृत्यु भएको छ ।


ADVERTISEMENT


गोरु काटेको विषयमा विवाद भएपछि घटनास्थलमा पुगेको प्रहरी र स्थानीयबीच विवाद भएको थियो । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीय आक्रमण गरेको प्रहरीले बताएको छ । विवादपछि सशस्त्र प्रहरीको गोली लागेर आलम घाइते भएका थिए ।


ADVERTISEMENT

# # #


गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । प्रहरीले घटना घटेको दिन गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो।