काठमाडौँ– नेपाली काँग्रेस केन्द्रीय समितिले पूर्व केन्द्रीय सदस्य एवं पूर्व सहायकमन्त्री प्रतापराम लोहारको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यालय आज एक दिन बन्द गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले नेता लोहारको निधनप्रतिे दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । लोहारले नेपालको दलित आन्दोलनमा समेत योगदान गरेका छन् । समाजसेवी लोहारको निधनले पार्र्टी स्तब्ध र मर्माहत भएको मुख्य सचिव पौडेलले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


नेता लोहारले काँग्रेसको संगठन तथा दलित उत्थानमा पु¥याउनुभएको योगदान पार्र्टीको इतिहासमा सदा स्मरणीय रहने काँग्रेसले जनाएको छ । उनको निधनबाट पार्र्टी र समग्र दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको बैठकको निष्कर्ष छ ।

बैठकले स्व लोहारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चीरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । पूर्व केन्द्रीय सदस्य स्व लोहारप्रति सम्मान प्रकट गर्दै आज देशभरका काँग्रेस कार्यालय बन्द गरिनाका साथै आजदेखि मंगलबारसम्म पार्र्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्र्टीको झण्डा आधा झुकाउने निर्णय पनि भएको छ । रासस