काठमाडौँ – भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुस्का शर्मा माता पिता बन्ने भएका छन् । बिहीवार कोहली र शर्माले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफूहरु दुईबाट तीन बन्दै गरेको जानकारी दिए ।


ADVERTISEMENT


 

तस्वीरमा अनुस्का गर्भवती भएको देख्न सकिन्छ । उनीहरुले आफ्नो आधिकारिक पेजमा लेखेका छन् ‘र त्यसपपछि हामी २ बाट ३ बन्दै ।’  तस्वीरमा नयाँ सन्तानको आगमन हुने मिति २०२१ जनवरीको जानकारी उनीहरुले दिएका छन् ।


ADVERTISEMENT

# # #


 

अनुस्काको पोस्टमा अभिनेत्री मनिशा कोइराला लगायत अन्य कलाकारहरुले कमेन्ट गर्दै बधाई शुभकामना व्यक्त गरेका छन् ।

 

उनीहरु २०१७ डिसेम्बर ११ मा वैवाहिक जीवनमा बाँधिएका थिए ।