काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका सम्बन्धमा भैरहेको कामका सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्चअधिकारीसहित मन्त्री ढकालले भर्चुवल माध्यमबाट स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका हुन् ।


ADVERTISEMENT


 

छलफलमा मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावका लागि आग्रह गरे । मन्त्री ढकालले भने, ‘कोभिड १९ नियन्त्रणमा देखा परेका चुनौतिको सामना सामूहिक प्रयासबाट गर्नुपर्छ ।’
छलफलमा सहभागी डा. महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिए । उनले कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर नगएको भन्दै संक्रमितिको संख्या धेरै देखिए पनि संक्रमणको दर घट्दोक्रममा रहेको बताए ।


ADVERTISEMENT

# # #


 

प्रा डा जीवन शेरचनले मास्क ठूलो मात्रामा उत्पादन गरेर जनतामा बितरण गर्नुपर्ने सुझाव दिए । उनले कतिपय नागरिक मास्क किन्न सक्ने हैसियामा समेत नरहेकाले सरकारले निःशुल्क वितरणको व्यवस्था मिलाउनुपर्ने बताए । नमूना परीक्षणको नतिजा जतिसक्दो चाँडो उपलब्ध गराउन सरकारलाई सुझाव दिए ।

 

छलफलमा सहभागी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्रा डा भगवान कोइरालालले दशै लगायतका महत्वपूर्ण चाड नजिकै आइसकेको सन्दर्भमा प्रोटोकल बनाएर नागरिकहरूलाइ सहजिकरण गर्न सरकारलाई सुझाव दिए ।

 

छलफलमा नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा अलिबढी ध्यान दिनुपर्ने बताए । टेकु अस्पतालका अस्पताल डा अनुप बास्तोलाले भेन्टिलेटरमा जाने भन्दा पनि अक्सिजन थेरापीलाइ महत्वका साथ अघि बढाउनुपर्ने तर्क प्रस्तुत गरे । उनले अक्सिजन थेरामी भेन्टिलेटर भन्दा राम्रो र प्रभावकारी रहेको दाबी गरे ।