चिनियाँ स्वामित्व रहेको सामाजिक सञ्जाल टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केभिन मयेरले राजिनामा दिएका छन् । सिईओमा नियुक्त भएको ३ महीनामै उनले राजिनामा दिएका हुन् ।


ADVERTISEMENT


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा कार्यकारी आदेशले मध्यसेप्टेम्बरदेखि टिकटकको स्वामित्व भएको कम्पनी बाईटडान्ससँग कारोबार गर्न अमेरिकामा निषेध गरेको छ। मयेरका राजिनामालाई ट्रम्पको उक्त उद्धोषसँग पनि जोडेर हेरिएको छ । एजेन्सीकाअनुसार उनले पछिल्लो समय देखिएका विभिन्न राजनैतीक परिवर्तनका कारण राजिनामा दिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


सर्ट भिडियो पोस्ट गर्न सकिने टिकटक पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय एप हो ।