काठमाडौं – पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ६ सय २९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ६ लाख ४७ हजार ८८१ वटा पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ९ हजार ४ सय ८८ जना रहेका छन् भने १५ हजार २ सय ७३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ६ हजार २१० जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार ६३ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म २० हजार ७३ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ५६९ जना निको भएका छन् ।

कुल संक्रमित मध्ये १८३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ ।