काठमाडौँ – ‘गुल्मीका भण्डारीजीसँग इन्टरभ्यू लिने पत्रकार हो ?’ सञ्चारकर्मी मोहन बस्नेतले फोन उठाएर हेल्लो भन्न नपाउँदै उताबाट प्रश्नमिश्रित आवाज आउँछ ।


ADVERTISEMENT


‘हजुर सर हो’, सञ्चारकर्मी मोहन अकमकाएर उत्तर फर्काउँछन् । ‘तपाईंले प्रशारित गर्नुभएको भिडियो छ नि, त्यो धेरै राम्रो छ । यस्ता कुराहरुलाई प्रोत्साहित गरिराख्नुपर्छ ।’ कुराकानीको करिब डेढ मिनेटपछि मात्रै बस्नेतले परिचय सोध्छन् । जवाफ आउँछ, ‘म केपी शर्माओली बोलेँ, प्रधानमन्त्री ।’ यो सुन्ने बित्तिकै मोहनलाई सपना हो कि जस्तो लाग्यो रे !


ADVERTISEMENT

# # #


‘उहाँले म केपी शर्मा ओली सुन्नेबित्तिकै म जुरुक्क उठेँ । मलाई त सपना हो कि विपना जस्तो भयो’, अघिल्लो बुधबारको घटना सझिँदै उनी भन्छन् ।

मोहन स्थानीय मिडियामा काम गर्छन् । उनको आफ्नै युट्यब च्यानल समेत छ । उक्त च्यानलमा उनले आर्मीको जागिर छाडेर औषधिजन्य खेतिपातीमा लागेका गुल्मीका दिलीप भण्डारीको भिडियो हालेका थिए । त्यही भिडियो हेरेर प्रधानमन्त्री ओलीलले मोहनलाई फोन गरेका थिए ।

प्रधानमन्त्रीको फोनले आफूलाई कामका लागि अझै हौसला मिलेको उनी बताउँछन् । ‘बुवा आमा सबैले कृषि गरिरहेकै हो । कृषिलाई नै जोड दिनुपर्छ भनेर रिर्पोट बनाएको थिएँ । प्रधानमन्त्रीले नै हेर्नुभयो । यो त नसोचेकै कुरा भयो’, उनले भने ।

प्रधानमन्त्रीको फोन आएको थाहा पाएपछि जिल्ला पत्रकार महासंघ, नेता, संघसंस्था र व्यक्तिहरुले पनि फोन गरेर बधाई भन्दै उनलाई कामका लागि थप हौस्याएको उनी बताउँछन् ।

यस्तो छ प्रधानमन्त्री ओली र बस्नेतबीचको कुराकानी : 

यस्तो छ बस्नेतले बनाएको भिडियो :