काठमाडौँ – नेपालमा गत २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । जसमध्ये ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT


मृत्यु हुनेमा ललितपुरकी ६५ वर्षीय एक महिला, बाराकी २३ वर्षीय एक महिला, कास्कीकी ३२ वर्षीय एक महिला, रुपन्देहीकी ७० वर्षीय एक महिला र बाँकेकी ७० वर्षीय एक महिला रहेका छन् । यस्तै काठमाडौँका ४८ वर्षीय १ जना पुरुष, पर्साका ६२ वर्षीय एक पुरुष र कपिलवस्तुका ५० वर्षीय एक पुरुषको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५६९जना निको भएका छन् । यससँगै निको हुनेको संख्या २० हजार ७३ जना पुगेको प्रवक्ता डा. गौतमले जनाएका छन् ।