काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३७७ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका २७० जना, ललितपुरका ६६ जना, भक्तपुरका ४१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


काठमाडौँ उपत्यकामा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित देखिएका हुन् ।


ADVERTISEMENT

# # #


पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १११ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा ५६९ जना निको भएका छन् भने हालसम्म २० हजार ७३ जना उपचारपछि निको भएका छन्

कुल संक्रमित मध्ये १८३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ ।

आज कुन जिल्लामा कति देखिए नयाँ संक्रमित ?

प्रदेश १ : 
खोटाङमा १ जना, संखुवासभामा ४ जना, मोरङमा २० जना र सुनसरीमा ३८ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ :
बारामा ३० जना, धनुषामा ३९ जना, पर्सामा ८५ जना, रौतहटमा १५ जना, महोत्तरीमा ७ जना, सप्तरीमा २२ जना, सर्लाहीमा ६ जना र सिरहामा ७ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेश :
काठमाडौंमा २७० जना, ललितपुरमा ६६ जना, भक्तपुरमा ४१ जना, नुवाकोटमा ७ जना, चितवनमा ४५ जना, काभ्रेमा १३ जना, दोलखामा २ जना, धादिङमा १ जना, मकवानपुरमा ६३ जना, सिन्धुलीमा ५ जना, सिन्धुपाल्चोकमा ३ जना र रामेछापमा ६ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गण्डकी प्रदेश:
कास्कीमा २ जना, गारेखामा १ जना, तनहुँमा ११ जना, पर्वतमा १ जना, लमजुङमा ३ जना र नवलपरासी (पूर्व)मा १७ जना र बागलुङमा ८ जनामा कोरोना पाइएको छ ।

प्रदेश ५:
अर्घाखाँचीमा १ जना, दाङमा २ जना, बाँकेमा ७५ जना, कपिलवस्तुमा २१ जना, गुल्मीमा ३ जना, नवलपरासी (पश्चिम)मा १८ जना, प्यूठानमा ४ जना, बर्दियामा १ जना र रुपन्देहीमा ७२जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश:
जाजारकोटमा ५ जना, दैलेखमा १२ जना र सुर्खेतमा ९ जनामा कोरोना पाइएको छ ।

सुदूरपश्चिम प्रदेश :

कञ्चनपुरमा ६ जना, कैलालीमा २० जना, डडेल्धुरामा २ जना, बझाङमा १ जना, डोटीमा ६ जना र बैतडीमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।

यसरी ३३४ जना महिला र ७७७ जना पुरुष गरी १ हजार १११ जनामा कोरोना पुष्टि भएको छ ।