काठमाडौँ– ३८औं शिक्षा दिवसको अवसरमा अनेरास्ववियु केन्द्रिय शैक्षिक विभागद्वारा छात्रवृत्ति तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिका लागि नमुना विद्यालय निर्माण अभियान शुरु गरेको अनेरास्ववियुले काभ्रेको सातमुल मा.वि लाई नमुना विद्यालय बनाउने गरी सो कार्यक्रमको शुरुवात गरेको हो ।


ADVERTISEMENT

# # #


“राम्रो विद्यालय, हाम्रो विद्यालय” अनुरुप, अनेरास्ववियुले मुलुक भरी नै नयाँ आयाम ल्याउन तत्पर रहेको र शुरुवात पनि भइसकेको अनेरास्ववियु केन्द्रिय अध्यक्ष नविना लामाले बताइन् । अनेरास्ववियुका तर्फबाट उनले सातमुल माविमा इन्टरनेट सहित कम्प्युटरको व्यवस्था गरिने तथा विद्यार्थीको लागि स्वास्थ्य बीमा गरेर प्रत्येक तीन महिनामा स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिने बताइन् । साथै अनेरास्ववियुले सो विद्यालयमा खेलकुद मैदान, पार्क सहितको पुस्तकालय, विज्ञाान प्रयोगशालाको पनि निर्माण गर्ने भएको छ ।

क्षमता वृद्धिको लागि तालिमको व्यवस्था, विषयगत शिक्षकको तथा स्वयमसेवक शिक्षक व्यवस्था, पौष्टिक आहाराको लागि शिक्षा कार्यालय एवं सम्बन्धीत निकायमा पहल गरिने समेत अनेरास्वविुले प्रतिवद्धता व्यक्त गरेको छ । । उत्कृष्ट ५ जना एसईई उतीर्ण विद्यार्थीलाई कक्षा ११–१२ निशुल्क पढाइने पनि व्यवस्था गर्ने अनेरास्ववियु अध्यक्ष नविना लामाले बताइन् ।

कार्यक्रममा केन्द्रिय शैक्षिक विभागीय प्रमुख माधव पन्तले सार्वजनिक शिक्षा निशुल्क, अनिवार्य तथा गुणस्तरिय हुनुपर्ने कुरा उल्लेख गरेका थिए  । सो कार्यक्रममा २०० विद्यार्थीको लागि कापी कलम संग–संगै खेलकुद सामाग्रीहरु पनि वितरण गरिएको थियो ।