काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले सोमबार राप्रपा प्रजातान्त्रिकका तीनजनालाई समेटेर पाँचौ पटक मन्त्री मण्डल विस्तारको तयारी गरेका हुन् ।


ADVERTISEMENT


देउवाले सोमबार राप्रपा प्रजातान्त्रिकका तर्फबाट दिपक बोहरा, विक्रम पाण्डे र सुनिल थापालाई आफ्नो मन्त्रिमण्डलमा सहभागि गराउन लागेका हुन् । व्यवस्थापिका– संसद्मा १८ सांसद रहेको पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने बताइएको छ । राप्रपा प्रजातान्त्रिकले संसदीय दलको नेतामा आइतबार मात्र चयन भएका महामन्त्री दीपक बोहरालार्इ विज्ञान तथा प्रविधि मन्त्रालय, विक्रम पाण्डेलार्इ वन मन्त्रालय र उद्योग मन्त्रालयमा सुनील थापालाई पठाउने निर्णय गरेको हो । साथै एकजना राज्यमन्त्री पनि पठाउने राप्रपा प्रजातान्त्रिकले निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


उनिहरुलाई सोमबार ११ बजे राष्ट्रपति कार्यलयमा सपथ खुवाउने तयारी भएको छ । योसँगै देउवाको मन्त्रिमण्डल ५३ सदस्यीय हुने भएको छ ।

२०७४ जेठ २४ गते देउवा नेतृत्वमा गठन भएको सरकार जेठ २८ पहिलो पटक, असार २ गते दोस्रो, साउन ११ तेस्रो र भदौ ४ गते चौथोपटक विस्तार भएको थियो । योसँगै नेपालको इतिहासमै देउवा नेतृत्वको मन्त्रिमण्डल सवैभन्दा ठूलो हुने भएको छ ।मंसिरमा तेस्रो सातासम्म मात्र सरकारको आयू रहेकाले नयाँ मन्त्रीहरुले करिव तीन महिनामात्र सिंहदरवारमा बस्न पाउनेछन्।