काठमाडौँ – पूर्व पश्चिम विद्युतीय रेलमार्गको ठेक्का प्रक्रिया स्थगित भएको छ । रेल विभागको वेबसाइटमा समस्या आएपछि इनरुवा–काकडभिट्टा खण्डको १ सय ५० किलोमिटर ठेक्का स्थगित भएको हो ।


ADVERTISEMENT


रेल विभागले साउन २६ र २७ गरे रेलमार्ग निर्माणको लागि ठेक्का खुलाएको थिए । जसमा १ सय ५० ओटा निर्माण कम्पनी सहभागी भएका थिए।


ADVERTISEMENT

# # #


तर सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्र आशयपत्र सिलबन्दी दरभाउपत्र खोल्नका लागि वेबसाइट हेर्न खोज्दा डाउनलोड नभएकाले खरिद प्रक्रिया स्थगित गर्ने निर्णय गरिएको हो ।

पछिल्लो समय सरकारी निकायकै वेबसाइटहरु समेत ह्याक भएर डेटा चोरिने गरेको छ । ठेक्का निश्काषण भएको वेबसाइट ह्याक भएर वा अन्य कारणले डेटा हराएको आशंका गरिएको भएपनि सार्वजनिक खरिद अनुगमन कार्यालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।