काठमाडौँ –  नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका केही स्थानमा लाइन मर्मतको काम गर्ने भएपछि दिनभर बत्ती जाने भएको छ । प्राधिकरणकाअनुसार लाइन मर्मतका लागि कालिकास्थानको ११ केभी फिडर सट डाउन हुने हुँदा उक्त फिडरबाट विद्युत आपूर्ति गरिएका कालिकास्थानआसपास क्षेत्रमा दिनभरजसो बत्ती जानेछ ।


ADVERTISEMENT


प्राधिकरणले कालिकास्थानदेखि विजय मेमोरियल स्कुलसम्मको ११ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले शनिबार बिहान ७ बजेबाट दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द जनाएको छ ।


ADVERTISEMENT

# # #