काठमाडौँ – बन्द भएको ५ वर्षपछि काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजुको जनमैत्री अस्पताल पुनः सञ्चालनमा आउने भएको छ । सरकारले कोभिड–१९ विशेष अस्पतालका रुपमा सोमवारदेखि अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।


ADVERTISEMENT


२०७२ को भूकम्पपछि जनमैत्री ट्रष्टका नाममा रहेको अस्पताल बन्द भएको थियो । यद्यपि, बन्द गर्नुको कारण ट्रस्टले आजसम्म जनाएको छैन । तीन सय शैय्या क्षमताको अस्पताल कोभिड महामारीका वेला काठमाडौँ महानगरपालिका वडा नम्बर १६ ले पहल थालेको थियो । उक्त पहलपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रायले कोभिड विशेष अस्पतालका रुपमा अस्पताल सञ्चालनमा ल्याउने निर्णय मन्त्रालयले गरेको हो ।


ADVERTISEMENT

# # #


अस्पताल ३०० सैया क्षमताको भएपनि तत्काल मन्त्रालयले १ सय ५० सैयाका लागि मात्र स्वीकृति दिएको छ । अस्पताल ट्रस्टकै नाममा भएपनि अस्पतालका लागि सबै स्वास्थ्यकर्मी, कर्मचारी, स्रोत तथा साधन सरकारले व्यवस्थापन गर्नेछ ।