काठमाडौँ – गृह मन्त्रालयले कोभिड–१९ संक्रमित, कोभिड नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी र तिनको परिवारमाथि दुव्र्यबहार गर्नेलाई कारवाही गर्न आफू मातहतका निकायलाई निर्देशन दिएको छ । पछिल्लो समय कोभिड नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, संक्रमित र तिनको परिवारमाथि समुदायस्तरमै दुव्र्यबहारका घटना बढ्दै गएपछि गृहले यस्तो निर्णय गरेको हो ।


ADVERTISEMENT


गृहको निर्णयअनुसार यसरी संक्रमित र तिनको परिवारलाई दुव्र्यवहार गर्ने तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कृयाकलापमा बाधा पुर्‍याउने एवं अभद्र व्यवहार गर्नेलाई १ वर्षसम्म कैद हुन सक्ने व्यवस्था गरिएको छ ।


ADVERTISEMENT

# # #


‘कुनै प्रकारका घटना हुन सक्ने देखिए वा भए मन्त्रालयको टोल फ्री नम्बर ११४९ र प्रहरीको १०० मा फोन गरी जानकार गराउन हुन अनुरोध गरिन्छ । उजुरीकर्ताको विवरण गोप्य रहेछ,’ गृहले शुक्रवार निकालेको विज्ञप्तिमा भनिएको छ ।

संक्रमित र उसको परिवार तथा कोभिड नियन्त्रणमा खटिएकालाई गैरकानुनी, अमानवीय एवं अपमानजनक व्यवहार गरे संक्रमण रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्न सकिने व्यवस्था रहेको छ ।