एजेन्सी– सहयोग रकम उपलब्ध गराएर लकडाउन गर्न दबाब दिइरहेको आरोप विश्व बैंकलाई लागेको छ । विश्व बैंकले बेलारुसलाई लकडाउन गर्ने शर्तमा साढे ६८ अर्ब (९४० करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउने अफर बेलारुसलाई गरेकोमा बेलारुसले उक्त सहयोग अस्वीकार गरेको छ । बेलारुसलाई इटलीले मार्च र अप्रिलमा गरेजस्तै कडा लकडाउन गरे सहयोग रकम उपलब्ध गराउने अफर विश्व बैंकले गरेको थियो ।


ADVERTISEMENT


बेलारुसका प्रधानमन्त्री अलेक्जेन्डर लुकासेन्कोले विश्व बैंक शर्तसहितको सहयोगको प्रतिवद्धता लिएर आएकोमा त्यसलाई आफूले अस्वीकार गरेको बताए । ‘बैंकले लकडाउन गर्नुपर्ने र आर्थिक नीति बदल्नुपर्ने शर्तका साथ सहयोगका लागि अफर गरेको थियो,’ एजेन्सीहरुले प्रधानमन्त्री लुकासेन्कोलाई उद्धृत गर्दै लेखेका छन् । प्रधानमन्त्री लुकासेन्कोले सार्वभौमम्पन्न मुलुकलाई डब्लूएचओ, विश्व बैंक र अन्य ठूला उद्योगले पैसा दिएर लकडाउन गर्न लगाइएको आरोप बेलारुसले लगाएको छ ।


ADVERTISEMENT

# # #


अहिले विश्वका प्रायः सबै देश कोरोनाबाट संक्रमित भएकोमा कोरोना नियन्त्रण गर्न भनेर प्राय मुलुकमा लकडाउन गरिएको छ । तर, युरोपी मुलुक बेलारुसले कोरोना रोगभन्दा पनि डर भएको बताउँदै लकडाउन गरेको छैन । बेलारुस सामान्य अवस्थामा छ भने विद्यालय, कलकारखाना, पसल, उद्योगधन्दा, सिनेमा हल, क्लब पहिलेजस्तै सामान्य रूपमा चलिरहेका छन् । जसकारण बेलारुसमा लकडाउन गराउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्य मुलुकले दबाब दिएको आरोप यसअघि पनि लागेको थियो ।

पछिल्लो समय विश्वका धनी उद्योगी, ठूला संगठन र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायतले षड्यन्त्र गरी कोरोनालाई महामारीको रुपमा विश्वमा प्रचार गरिरहेको आरोप लाग्दै आएको छ भने विभिन्न ठाउँमा लकडाउनका विरुद्ध प्रदर्शनीहरु हुन थालेका छन् ।