काठमाडौँ – तत्कालीन सञ्चार तथा सूचनामन्त्री गोकूल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको आरोप लगाएका विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिनभित्र अख्तियारमा उपस्थित हुन आदेश दिएको छ ।


ADVERTISEMENT


मिश्रलाई बास्कोटाले ७० करोड कमिशनको मोलमोलाइ गरेको विषयमा अनुसन्धानन गर्न अख्तियारले बोलाएको हो ।


ADVERTISEMENT

# # #


अख्तियारले बुधवार सूचना प्रकाशित गर्दै ७ दिनभित्र आयोगको प्रहरी महाशाखामा उपस्थित हुन निर्देशन दिइएको छ । तोकिएको समयसीमाभित्र उपस्थित नभए कानूनबमोजिम कारवाही गरिने चेतावनी अख्तियारले दिएको छ ।

सेक्युरिटी प्रिन्टिङ मेशिन खरीदमा ७० करोडको मोलमोलाइ गरिरहेको अडियो प्रसारण भएपछि तत्कालिन संचारमन्त्री बास्कोटाले पदबाट राजीनामा दिएका थिए।