काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ‚ कालीकोट र सिन्धुपाल्चोकमा गएको बाढीपहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेकी छन्
राष्ट्रपति भण्डारीले आज अपराह्न ट्विट गरी मौसमी विपद्को जोखिम हरेक वर्ष भयावह हुने गरेको जनाउँदै प्रकृति र वातावरणमैत्री दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाउन आह्वान गरेकी छन् ।
मौसमी विपद्को जोखिम हरेक वर्ष भयावह हुने गरेको छ । बागलुङ‚ कालिकोट र सिन्धुपाल्चोकमा गएको बाढी–पहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति हुन गएकोमा अत्यन्तै दु:खी छु। प्रकृति र वातावरणमैत्री दिगो‚ सुरक्षित र एकीकृत वस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाऔं।
— Bidya Devi Bhandari (@PresidentofNP) September 3, 2020