नेपाली कांग्रेसको युवा संगठन तरुण दलका नेता बाबुराम आचार्यसंग गरिएको कुराकानी


ADVERTISEMENT


पछिल्लो समय व्यस्तता कस्तो छ ? के गरी राख्नु भएको छ ?


ADVERTISEMENT

# # #


अब यस्तो छ । व्यस्त भनौँ भने खासै त्यती ठूलो काम पनि छैन नभनौ भने काम भइराखेकै छ । पार्टीको जिम्मेवारीको कुरा गर्नु पर्दा एक किसिमले अहिले मभूमिकाविहीन नै छु । तर के हो भने म पद पाउनका लागि पैसा पेल्ने वा चाकडी गर्ने खालको मान्छे होइन । अहिलेको नेपालको राजनीतिक पार्टीको कुरा गर्नुपर्दा नेताहरुले योग्य हाईन चाकडी गर्ने तथा आफ्ना मान्छेलाई पदमा नियुक्त गर्छन् । योग्य तथा लगनशील मान्छेलाई जिम्मेवारी दिने कार्य मैले नेपालका पार्टीमा देखेको छैन । त्यसैले जबसम्म त्यस्ता व्यवक्तिले जिम्मेवारी पाउँदैनन् तबसम्म देश विकास हुन सक्दैन । पार्टीमा इमान्दार तथा क्षमतावान् कार्यकर्ता पनि छन् । तर तिनिहरुले पदमा जाने मौका पाउँदैनन् ।

यस्तो अवस्थामा युवाको भूमिका के हुन्छ ?
युवाले नेतृत्वलाई एक कसिमको दबाब दिनु पर्छ । यदि चाकडी नगर्ने एउटा सक्षम युवा हुन् भने वडादेखि केन्द्रसम्म गलत काम गर्ने आफ्नै पार्टीका भएपनि तिनीहरुलाई सचेत गराउनु पर्छ । तर अहिले त्यो अवस्था छैन । नेतृत्वलाई सत्मार्गमा ल्याउनका लागि पनि युवाको भूमिका महत्वपूर्ण हुन्छ । एउटा पार्टीको नेता बिग्रिनु भनेको देश बिग्रिनु हो । नेतादेखि जनतासम्म सबै नागरिकलाई समानताको रेखामा ल्याउन युवाको भूमिका आवश्यक छ ।

अहिले राजनीतिक मुद्दालाई थाती राखेर देह विकास गर्नु पर्छ भनेर भाषण भइराखेका छन् । विभिन्न पार्टीले त्यस्ता एजेण्डा बनाएका छन् । एउटा युवा नेताको हिसाबले के भन्नु हुन्छ ?

डेढ दशकदेखि सप्तकोशी (जुन अन्तराष्ट्रिय स्तरमै चर्चित छ) चतरा देखि लिएर कोसी व्यारेजसम्म नेपालको भूभाग हो त्यो । कांग्रेसको केन्द्रिय स्तरसम्म मैले कुरा राखेको छु कि सप्तकोसीले जति क्षती पुर्याउँछ त्यती फाइदा पनि पुर्याउँछ । त्यो ठाउँ वरीपरीका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । त्यो ठाउँको विकासको कुरा गर्नुपर्दा केन्द्रमा पहुँच भएको र अन्तराष्ट्रिय दाताहरुसंग पनि सम्पर्क गर्नसक्ने व्यक्ति आवश्यक छ । नेपालको विकासका लागि अव कुरा गर्ने होइन काम गर्ने मानिसको आवश्यकता छ ।

पार्टी फरक भएपनि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले विकासको खाका कोरेकै हो । जुन बाटो घाटोको विकास भयो । त्यस्तै घण्टौँ अध्यारोमा बस्न बाध्य जनतालाई कुलमान घिसिङ विद्युत् प्राधिकरणमा प्रमुख भएर आएपछि अध्यारोबाट मुक्त गराए । त्यसैले यस्ता खालका मान्छे पहिचान गर्नु पर्यो । त्यस्तै चाकडी गर्ने, पैसा पुर्याउने वा भत्ता बाड्ने मान्छेलाई भन्दा एउटा विकासवादी मानिसलाई भोट दिने वा सम्बन्धित निकायमा पुर्याउनु आवश्यक छ तपाई जस्ता युवा नेताले देशको

अन्त्यमा, देश विकासको भविष्य कस्तो देखिरहनु भएको छ ?
अहिले देशको निराहाजनक अवस्था छैन । विकास नभएको चाही होइन तर समय अनुसार तथा विश्व परिवेश अनुसार जति हुन सकेको छैन । अहिले नेपाली समाजमा पनि मिडियाको राम्रो पहुँच भएको छ । एउटा सानो काम गल्ती गर्ने बित्तिकै मिडियाले खबरदारी गरिहाल्छ । मिडियाप्रति जनता विश्वस्त छन् । कुलमानले बिजुली त अमेरिकाबाट ल्याएको होइन नि । त्यही यताको उता उताको यता गरेर व्यवस्थापन गरेको हो ।

तर त्यही व्यवस्थापन गर्ने मानिस आउन सकेको थिएन । खर्च गर्न नसकेर अहिले बजेट फ्रिज हुन्छ निकी त्यहाँको कर्मचारीले खर्च गर्न चाहदैन । विकास गर्नका लागि त बजेटको उपयोग गर्नु पर्यो नि । त्यस कारण सचेत तथा युवाहरु देश विकासमा लाग्न जरुरी छ ।