कोरोनाका कारण गत मार्चदेखि सञ्चालनमा नरहेका भारतका मेट्रो रेलहरू सोमबार बिहानबाट खुलेका छन् ।


ADVERTISEMENT


भारतको सरकारले कोरोना भाइरसका कारण लगाइएको लकडाउनलाई चरणबद्ध रूपमा खोल्ने योजनाको चौथो चरण अनन्र्तगत सोमबारबाट मेट्रो सेवाहरू पुनः सुरू भएका हुन्।


ADVERTISEMENT

# # #


भारतका मिडियाहरुका अनुसार राजधानी दिल्ली, बेङ्लोर, लखनउ र नोएडाका मेट्रो सेवाहरु निर्बाध रुपमा सञ्चालनमा आएका छन् ।

भारतले मेट्रो संचालन गर्दा पालना गर्नुपर्ने सर्तहरू गत महिना सार्वजनिक गरेको थियो ।

कोरोना आतँकलाई सामान्य जीवन शैली अपनाएर नै सामना गर्ने नीति अनुसार भारत सरकार अघि बढेको छ ।