काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोरोनाको कारण देखाउँदै सरकारले बिना कुनै योजना बन्दाबन्दी मात्रै थपिरहेको आरोप लगाउँद प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री, सांसद्, न्यायाधीश, शिक्षक कर्मचारी लगायत सबैको तलब रोक्नुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन कर्फ्यू लगाउँदै जानु गैरन्यायीक र अनुपयुक्त भएको बताउँदै उनले नागरिकहरु भोकले मर्नुपर्ने डरलाग्दो स्थितिमा पुगेको बताए ।


ADVERTISEMENT

# # #


सरकारले वेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगद वा जिन्सीसहितको राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै लकडाउन खोल्नुपर्ने उनको भनाइ छ ।

सरकारले आम जनताको जीवनमरणको यो गम्भीर अवस्था नबुझेको भन्दै उनले राज्यकोषबाट तलब खाने सबैको तलब रोक्नुपर्नेमा जोड दिए ।

 

https://www.facebook.com/304641956339988/posts/2035391566598343/