काठमाडौँ– वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


आज मन्त्रालयमा पदबहाली गर्दै मन्त्री पाण्डेले आफू जनप्रतिनिधि भएका कारणले मन्त्री बनेको भन्दै जनताको भावनालाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । “म झण्डा हल्लाउनका लागि मन्त्री बनेको होइन, तपार्इंहरुलाई सहयोग गर्नका लागि मन्त्री बनेको हुँ”, मन्त्री पाण्डेले भने ।


ADVERTISEMENT

# # #


उनले वन तथा भू–जलाधार क्षेत्रमा देखिएको समस्या समाधान आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।

मन्त्री पाण्डेले ४४ प्रतिशत भू–भाग वनले ढाकेको मुलुकमा मलेसियाबाट काठ मगाउनु दुःखद कुरा भएको भन्दै अब स्वदेशमा उत्पादित काठ प्रयोग गर्न मन्त्रालयले आवश्यक वातावरण मिलाउने स्पष्ट पारे।

मन्त्रालयका सचिव प्रकाश माथेमाले ऊर्जा, कृषि, पर्यटनको मुख्य आधार वन क्षेत्र भएकाले यसको संरक्षण र सम्बद्र्धनमा मन्त्रालयले काम गरिरहेको मन्त्रीलाई अवगत गराए । उनले देश समृद्धिमा वन क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।

सचिव माथेमाले सम्पूर्ण कर्मचारीको तर्फबाट नवनियुक्त मन्त्री पाण्डेलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । रासस