रामपुर, पाल्पा– रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


नगरप्रमुख रमणबहादुर थापाले कूल रु ४९ करोड ६६ लाख ७१ हजार बजेट सार्वजनिक गरेका हुन्। नगर प्रमुख थापाले भवन निर्माणमा रु दुई करोड, फर्निचर खरिदतर्फ रु ३५ लाख, मेसिनरी उपकरणतर्फ रु एक करोड र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि रु सात करोड ६२ लाख ५० हजार रकम विनियोजन गरिएको बताए ।


ADVERTISEMENT

# # #


यस्तै वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु तीन करोड २५ लाख, आन्तरिक आय वृद्धिका लागि व्यापारिक भवन÷ट्रस निर्माणका लागि रु दुई करोड, विपद् व्यवस्थापन तथा मर्मत सम्भारतर्फ रु ६५ लाख र समपूरक कोषका लागि रु दुई करोड १५ लाख १७ हजार, विषयगत कार्यक्रमतर्फ रु १७ करोड ५५ लाख ९१ हजार, सामाजिक सुरक्षातर्फ रु पाँच करोड र गत आवको बाँकी योजनाको भुक्तानी रु दुई करोड १२ लाख १२ हजार बजेट सार्वजनिक गरिएको नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताए ।

पूर्वखोलाको बजेट ३० करोड

पूर्वखोला गाउँपालिकाको प्रथम गाउँसभाले आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले रु ३० करोड ८३ लाख ६२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिका अध्यक्ष थापाका अनुसार सडकतर्फ रु छ करोड २९ लाख १५ हजार, खानेपानीतर्फ रु ८६ लाख ८५ हजार, शिक्षातर्फ रु ६५ लाख ८० हजार, स्वास्थ्यतर्फ रु ६८ लाख ५१ हजार र सिँचाइतर्फ रु २५ लाख २० हजार रकम विनियोजन गरिएको छ । कार्यक्रममा गाउँपालिकाका छवटै वडाका वडाध्यक्षलगायतको सहभागिता रहेको थियो । गाउँसभाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सिँचाइलाई जोड दिएको कार्यकारी अधिकृत हरि पौडेलले जानकारी दिए। रासस