काठमाडौँ– एथलेटिक्सकी कान्छीमाया कोजुले ‘पिपुल्स च्वाइस अवार्ड’ जितेकी छन् । पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको हो ।


ADVERTISEMENT


आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अनुसार कुल ९५ हजार ७२६ भोट आएको थियो । एक भोट बराबर चार फेसबुक लाइक मानिएको थियो । मनोनयनमा परेका पाँच खेलाडी मध्ये सबैभन्दा धेरै भोट पाएकी कोजुले अवार्ड जितिन् ।


ADVERTISEMENT

# # #


फुटबलका सुजल श्रेष्ठ दोस्रो र क्रिकेटका दिपेन्द्र सिंह ऐरी तेस्रो स्थानमा रहे ।यस्तै जुडोकी मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएकी छन् । पल्सर स्पोर्ट्स अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै उनी उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् ।

यो अवार्डका लागि मनितासँगै क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली मनोनयनमा परेकी थिइन् ।

मनिताले ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।

यस्तै एथलेटिक्सका पुष्पराज ओझा वर्षका उत्कृष्ट प्रशिक्षक बनेका छन् । यो अवार्डका लागि ओझासँगै फुटबलका ग्योतोकु कोजी र मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टन किरण थापा मनोनयनमा परेका थिए ।