काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कारोना प्रभावकै बीच सरकारले नियमित कर विवरण तथा कर भुक्तानी गर्न दिएको निर्देशन दिनु अव्यवहारिक रहेको बताएको छ ।


ADVERTISEMENT


कांग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले निषेधाज्ञाको समयमा पनि कर दाखिला गर भनि दिएको अव्यवहारिक उर्दी निन्दनीय मात्र नभई सर्वोच्चको आदेशविरुद्ध समेत रहेको बताएका छन् । उनले समस्या समाधान गर्नुको सट्टा कर असुलीमै केन्द्रित हुनुले सरकार व्यवसायीको दुःख कम गर्न नभई मानसिक यातना दिन उद्दत रहेको पुष्टि भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


विभागका प्रमुख श्रेष्ठले भनेका छन्, ‘सरकारले निषेधाज्ञाको समयमा पनि कर दाखिला गर भनि दिएको अव्यवहारिक उर्दीले आम करदाता र व्यवसायीलाई ‘गर कि मर’ को व्यवहार गरिनु घोर निन्दनीय कदम मात्र होइन, यसअघि सर्वोच्च अदालतले जारी गरेको आदेशहरुको विरुद्धको कदम हो ।’

देशका अधिकांश स्थानमा निषेधाज्ञा र आंशिक लकडाउन रहेको बेला केबल कर उठाउनका लागि तीन दिन बैंकहरु खुला गर्न र २५ गतेभित्रै कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिँदै अन्यथा नियम अनुसार जरिवाना लिने सरकारी हठ जनविरोधी र अव्यवहारिक भएको विभागको ठहर छ ।

निर्देशन सच्याएर निषेधाज्ञा पश्चात १ महिना भित्र करदाताले कर विवरण तथा कर दाखिला गर्ने गराउने व्यवस्था मिलाउन विभागले सम्बन्धित निकायसँग माग गरेको छ ।