काठमाडौँ – बुधवार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले असार २५ गतेदेखि जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेकोमा काठमाडौँका तीन जिल्लाका प्रमुख जिल्ला अधिकृत (सीडीओ०ले भदौ ३ गतेदेखि निषेधाज्ञा लगाई सार्वजनिक यातायात बन्द गराएका थिए ।


ADVERTISEMENT


लामो समय बन्दाबन्दी भई यातायात अवरुद्ध हुँदा यातायात मजदूर रोगले भन्दा भोकले मर्ने स्थिति सिर्जना भएको भन्दै बुधवार दिउँसो यातायात सञ्चालनको मागसहित यातायात व्यवस्था विभाग पुगेका थिए । विभागका महानिर्देशक गोगनबहादुर हमालले यातायात खोल्ने वा बन्द गर्ने भन्ने निर्णय आफ्नो हातमा नभएकाले माथिल्लो निकायमा रिपोर्टिङ गरिदिने बताएका थिए । सोही साँझ काठमाडौँ उपत्यकाका तीन सीडीओको वैठकले काठमाडौँ उपत्यकाभित्र जोर–विजोरमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यद्यपि, व्यवसायीले भने छोटो मात्र नभएर मध्यम र लामो दूरीका सार्वजनिक यातायात पनि सञ्चालन गर्न दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


‘सरकारबाट जोरबिजोरमा यातायात चलाउन दिने भन्ने सुनियो,’ महासंघ अध्यक्ष कर्माचार्यले भने, ‘जिल्लाभित्र मात्र यातायात चलाएर काम छैन । हामी १ गतेबाट लामो दूरीसहितका सबै सवारी चलाउँछौं ।’ उनले बिहीवार(आज) यातायातमन्त्री वसन्त नेम्वाङलाई भेटेर यसबारे जानकारी गराइने बताए । सरकारले यातायात सञ्चालनको अनुमति दिएन भनेपनि अशोज १ गते विश्वकर्मा पूजा गरेर लामोदूरीसहितका सबै सार्वजनिक यातायात सञ्चालन गरिने जानकारी उनले दिए । ‘स्वास्थ्य मापदण्ड अपनाएर गाडी चलाउँछौँ, भोकबाट बाँचे रोगबाट पछि लडौँला,’ उनले बताए । सरकारले यातायात सञ्चालनमा हस्तक्षेप गरेर सबै सवारीसाधन सिँहदरबार अगाडि बाटोमा राखिदिएर आन्दोलनमा उत्रिने चेतावनी बिभागमा दिइएको र त्यहीअनुसार अघि बढिने उनी बताउँछन् ।