काठमाडौँ– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि को घान्द्रक भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


इन्स्योरेन्सले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई घान्द्रुकको भ्रमण गराएको हो ।


ADVERTISEMENT

# # #


भ्रमणमा करिब १४० जना भन्दा बढि वरिष्ठ अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा रहेको थियो ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरिएर रहेका अभिकताबीच चिनजान हुनुका साथै एक आपसको अन्र्तक्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

३ रात ४ दिन सम्म संचालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागि अभिकर्ताहरुले यथेष्ट मनोरञ्जन लिएका थिए ।