काठमाडौं – बैँकहरुले गाडी, घर किन्नका लागि ‘लोन’ दिएको त सुन्नु भएकै होला । तर, अब साइकल किन्न पनि ‘लोन’ पाइने भएको छ ।


ADVERTISEMENT


पछिल्लो समय प्रविधिमा विभिन्न किसिमका प्रयोग गर्दै आएको नविल बैंकले साइकल किन्न किस्ताअनुसार तिर्ने गरी ‘लोन’ दिने योजना ल्याएको छ ।


ADVERTISEMENT

# # #


बैँकले सूचना जारी गर्दै क्रेडिट कार्ड भएका ग्राहकहरुलाई ‘डाउन पेमेन्ट’ नै नगरी साइकल किन्न ‘लोन’ दिन लागेको जानकारी दिएको हो । २ लाख रुपैयाँसम्मका साइकल खरिद गर्दा ‘डाउन पेमेन्ट’ गर्नु नपर्ने र व्याज पनि नलाग्ने बैँकले जनाएको छ ।

२ लाख भन्दा महंगो साइकल खरिद गर्दा भने मूल्य अनुसार ‘डाउन पेमेन्ट’ गर्नुपर्नेछ । लोनको किस्ता तिर्दा साइकलको मूल्यलाई १८ ले भाग गर्दा निकिने रकम मासिक रुपमा तिर्नुपर्ने बैँकको भनाई छ । बैँकका अनुसार स्वास्थ्य तन्दुरुस्तीका लागि पनि सहरी इलाकाहरुमा साइकल चढ्नेहरु वृद्धि भएकाले बैँकले ल्याएको यो योजना प्रभावकारी हुने बैँकले विश्वास व्यक्त गरेको छ ।

यसका लागि काठमाडौँको पानीपोखरीमा रहेको काठमाडौं बाइक स्टेशन र पोखराको चालिसे एण्ड सन्ससँग बैँकले सम्झौता गरेको गरिसकेको छ ।