काठमाडौँ– वीर गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगिता आयोजना गरिने भएको छ ।


ADVERTISEMENT


युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंंहको स्मृतिमा नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले पहिलोपटक सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
भोलि बुधबारदेखि ३१ गतेसम्म सामाखुशीमा प्रतियोगिता आयोजना हुने तरुण दल २६ वडाका अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए ।
तरुण दल २६ वडाका सचिव मनिष डंगोलले युवापुस्ता फुटसल खेलप्रति आकर्षित हुँदै गएकाले आफूहरुले पनि उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो । उनले उक्त खेललाई रनिङ सिल्डका रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको बताए ।


ADVERTISEMENT

# # #


खेलको प्रथम विजेतालाई रु एक लाख, द्धितीयलाई रु ५० हजार, राम्रो खेलाडीलाई जुत्ता र राम्रो गोलकिपरलाई पञ्जा पुरस्कार दिइने सचिव डंगोलले जानकारी दिए ।

उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका २५ भन्दा बढी क्लबको सहभागिता रहने जनाइएको छ ।