काठमाडौँ – अब १ र २ रुपैयाँका सिक्काहरुमा लिम्पियाधुरा समेटिएको नयाँ नक्सा अंकित हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकलाई रु. १ र रु. २ का सिक्काहरु टकमरी गरी प्रचलनमा ल्याउन स्वीकृत दिएको हो ।


ADVERTISEMENT


मंगलबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ती सिक्काहरुमा नेपालको हालै जारी भएको नयाँ नक्सा छापिने जानकारी दिए ।


ADVERTISEMENT

# # #