काठमाडौँ – यातायात व्यवसायी र मजदुर संगठनले सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्दै बिहीबार (भोलिदेखि) सबै किसिमका सावर्जनक यातायात सञ्चालन गर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल मजदुर संघ र नेपाल यातायात मजदुर संघको संयुक्त कार्यदलले बुधबार एक विज्ञप्ती जारी गर्दै लामो, मध्यम, छोटो र स्थानीयरुटका सबै सार्वजनिक सवारी बिहीबारदेखि सञ्चालन गर्न अपिल गरेको हो ।


ADVERTISEMENT

# # #


कार्यदलले सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न र तोकिएको भाडाभन्दा अधिकतम ५० प्रतिशत वृद्धि गर्न निर्देशन भएको छ । यस्तै यातायात क्षेत्रका श्रमिकहरुले मास्क, सेनिटाइजर, पन्जा, फेसभाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री अनिवार्य प्रयोग गनुपर्ने समेत बताएको छ ।

कार्यदलले श्रमिकहरुको कोरोना बीमा गर्न बाँकी रहेका यातायात कम्पनीलाई तत्काल गर्न पनि निर्देशन दिएको छ ।

यस्तै सवारीमा चढ्नुअघि यात्रुहरुलाई सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, यात्रुहरुले यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नुपर्ने, सवारीमा चढ्दा, ओर्लिँदा र खाना–नास्ता खाँदा भौतिक दूरि कायम गर्नुपर्ने समेत कार्यदलको विज्ञप्तीमा उल्लेख छ ।

सरकारले लामो समयदेखि बन्द रहेको लामो दूरिको सार्वजनिक सवारी साधनलाई बिहीबारदेखि सञ्चालन गर्न पाइने निर्णय गरेको भन्दै कार्यदलले धन्यवाद समेत दिएको छ ।