काठमाडौँ – नेपाल कानून व्यवसायी परिषद्ले वरिष्ठ अधिवक्तालाई मुद्दामा बहस गर्दा कम्तीमा एकजना अधिवक्तालाई व्यावसायिक रुपमा संलग्न गराउन सूचना जारी गरेको छ ।


ADVERTISEMENT


परिषद्का सचिव रामहरि शर्मा काफ्लेले वरिष्ठ अधिवक्ताका लागि आज जारी गरेको सूचनामा कानून व्यवसायी आचारसंहिता, २०५१ को नियम ३ को उपनियम (२) मा वरिष्ठ अधिवक्तालाई कुनै पनि मुद्दामा बहस गर्दा कम्तीमा एकजना अधिवक्तालाई व्यावसायिक रुपमा संलग्न गराउनुपर्ने व्यवस्था छ ।


ADVERTISEMENT

# # #


कानूनीरुपमा व्यवस्था भए पनि व्यवहारमा नदेखिएको हुनाले अनिवार्यरुपमा कार्यान्वयन गर्नुपर्ने भएको हुँदा परिषद्ले सूचना जारी गरेको परिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले जानकारी दिए ।