काठमाडौँ– डिआईजी नवराज सिलवालले आफूलाई आईजीपी बनाउन दायर गरेको रिट खारेज भएको छ। उनले आफूभन्दा कनिष्ठलाई आर्इजीपी नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


ADVERTISEMENT


सर्वोच्चको फैसलामा कार्यसम्पादन मूल्याङ्कनमा प्रकाश अर्याल नै नवराज सिलवालभन्दा अघि देखिएको उल्लेख छ। आजको फैसलामा अर्यालको कार्यसम्पादन मूल्याङ्कन नम्बर १५४.२ रहेको उल्लेख छ भने सिलवालको १५२.४ मात्र छ।


ADVERTISEMENT

# # #


वृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी थिए।

तत्कालीन प्रधानन्यायधीश सुशिला कार्की सहित सर्वोच्च अदालतका पाँच न्यायधीश सम्मिलित बृहद पूर्ण इजलासले दिएको परमादेश विपरित सरकारले प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेको थियो ।

त्यसपछि आइजीपीका प्रत्यासी डीआईजी नवराज सिलवालले २०७३ चैत्त ३० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।