काठमाडौँ – मुक्तिनाथ विकास बैंकले चेकको प्रयोग नगरी रकम झिक्न सकिने ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ । ई–टेलरमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग-इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् ।


ADVERTISEMENT


कोरोना महामारीको विषम परिस्थितीमा ग्राहकहरुले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी बैंकले यो सेवा ल्याएको हो । कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकले यस्तो सेवा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।


ADVERTISEMENT

# # #


यो सेवा बैंकको सबै शाखाहरुमा उपलब्ध हुनेछ ।