काठमाडौँ – सरकारले बिहीवारदेखि लामो दूरीका सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपनि स्थानीय तहसँग सम्वन्वयन नहुँदा काठमाडौँबाट बाहिरिएका बस विभिन्न जिल्लामा होल्ड भएका छन् । केन्द्र सरकारले चलाएपनि विभिन्न जिल्लामा बस रोकिएको व्यवसायीहरुले बताएका छन् ।


ADVERTISEMENT


साढे ६ महीनादेखि बन्द सार्वजनिक यातायात सरकारले अशोज १ गतेदेखि चलाउन खुला गरेको थियो । तर केन्द्रबाट छुटे्का सवारी प्रहरीले बाटोमा रोकेर दुःख दिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।


ADVERTISEMENT

# # #


उनकाअनुसार धादिङ, सुनसरी, झापा, बिराटनगर, चितवन लगायतका जिल्लामा गाडी होल्ड भएका हुन् । जिल्ला प्रशासन कार्यालयले सवारीसाधन जिल्ला प्रवेशमा कडाइ गर्दै यातायात नचलाउन चेतावनी दिइरहेकोमा यातायातमन्त्री वसन्त नेम्वाङलाई यसको जानकारी दिइएको अध्यक्ष कर्माचार्यले भने । नेम्वाङलाई उद्धृत गर्दै कमाचार्यले बताए, ‘मन्त्रीज्यूले जिल्लासँग सम्वन्यन गरी सहज यातायात सञ्चालनको वातावरण मिलाउने आश्वासन दिनुभएको छ ।