काठमाडौं । स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचनमा पहिलो बनेको नेकपा एमालेले तेश्रो चरणमा भईरहेको दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनमा समेत जोडबलले मेहनत गरिरहेको छ । दलका भातृ संगठनहरु पर्टीलाई जिताउन यतिबेला २ नम्बर प्रदेशमा परिचालित छन् ।


ADVERTISEMENT


प्रभाबशाली संगठन युवासंघले एमालेलाई जिताउन प्रतिष्ठाकै लडाईँका साथ मोर्चा हाँकिरहेको छ ।


ADVERTISEMENT

# # #


सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, पर्सामा पहारीको नेतृत्वमा युवा संघ पुगिसकेको छ ।

उपाध्यक्ष चन्द्र लामाको नेतृत्वमा बारा, पर्सा र रौतहटमा अभियान चलाईएको छ ।

पर्सामा जिल्ला स्तरीय युवा भेला भएको छ । सिराहामा धनगढी माई नगरपालिका, गोलबजार नगरपालिका, सिराहा नगरपालिकामा पहारी र युवासंघ सचिवालय सदस्य रमेश आचार्यको नेतृत्वमा युवा सभा सम्पन्न गरिएको छ ।

पहारी र आचार्यकै नेतृत्वमा महोत्तरीको बर्दिबास नगरपालिका खयरबासमा घरदैलो चलाईएको छ ।

युवसंघका तर्फबाट गाउँपालिका, नगरपालिका, वडाका उमेद्वारहरु र युवासंघ पदाधिकारीहरुलाई प्रचार सामग्री , भेष्ट लगायतका सामग्री बाँडिएको छ ।

पर्साको बिरगञ्ज महानगरपालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका र बाराको कलैया उपमहानगरपालिकालाई केन्द्र बनाएर तीनै ठाउँमा जित निकाल्न अध्यक्ष राजिब पहारीले नेतृत्व गरिरहेका छन् ।

एमालेको जित निकाल्न उपाध्यक्ष चन्द्र लामा, सचिवहरु माधब बाँस्तोला, नरेश शाही, राजेश शाह, कोषाध्यक्ष हिदम लामा, सचिवालय सदस्य रमेश आचार्य, केन्द्रिय सदस्य सिता सुबेदीले मोर्चा सम्हालिरहेका छन् ।

यस्तै, एमाले अध्यक्ष केपी ओलीले संबोधन गर्ने ठाउँहरुमा पहारी उपस्थित भएर युवा परिचालन गर्ने कार्यक्रम छ ।

युवासंघका तर्फबाट धेरैले टिक पाएका छन् । सचिवालय सदस्य प्रदिप यादबले रातहट नगरपालिकाको टिकट पाएका छन् ।

सर्लाहीमा प्रदेश नम्बर २ का सचिवालय सदस्य शम्भु मैनालीले वडाध्यक्षको टिकट पाएका छन् ।

महोत्तरीमा युवासंघ जिल्ला सहसचिवले वडाध्यक्षको टिकट पाएका छन् ।

धनुषामा युवासंघकै राजकुमार यादबले गाउँपालिका अध्यक्षको टिकट पाएका छन् ।

युवासंघ धनुषाका सहसचिवले जनकपुर उपमहानगरपालिकाको वडाध्यक्षमा टिकट पाएका छन् । धनुषाकै जिल्ला कमिटी सदस्यले समेत टिकट पाएका छन् ।

सिराहामा युवा संघ प्रदेश २ सचिवालय सदस्य कमलदेब यादबले सिराहा नगरपालिकाको वडामा टिकट पाएका छन् ।

सप्तरीमा समेत युवासंघ प्रदेश नम्बर २ का सदस्य हिरा बस्नेतले बारा जितपुर सिमरा नगरपालिकामा टिकट पाएका छन् ।
पर्सामा समेत युवासंघ जिल्ला कमिटी सदस्यले टिकट पाएका छन् ।