काठमाडौँ– फेसबुक मेसेन्जरमा कसैसँग च्याट गरिरहेको बेला यदि तपाइँलाई उसको कुरा मन परेन भने अब डिसलाइकको बटन थिचेर आफ्नो असन्तुष्टि पोख्न सक्नुहुनेछ ।


ADVERTISEMENT


फेसबुकका पोष्टहमा प्रतिक्रिया जनाउने विकल्पहरुका बारेमा बहस चलिरहेका बेला फेसबुकले आफ्नो मेसेन्जर सर्भिसमा चाहीँ डिसलाइक बटनको सुविधा दिने भएको हो ।


ADVERTISEMENT

# # #


टेक्नोलोजी वेबसाइट टेक क्रन्च डट कमको रिपोर्ट अनुसार फेसबुकले आफ्नो मेसेन्जर सर्भिसमा विद्यमान रिएक्सन्सका विकल्पहरुमा डिसलाइकको अप्सन पनि थप्नेछ । फेसबुकको श्रोतको हवाला दिँदै भनिएको छः हामीले मेसेन्जरका प्रयोगकर्तालाई धेरै भन्दा धेरै नजिक तथा मज्जेदार बनाउने तरिका खोजी गरिरहेका हुन्छौँ । यो पनि एउटा सानो प्रयास हुनेछ । जसमा हामीले आफ्ना प्रयोगकर्तालाई एउटा इमोजीको माध्यमबाट उनीहरुको भावनालाई सही ढंगले व्यक्ति गर्ने सुविधा दिनेछौँ ।

समाचार अनुसार फेसबुकले सुरुमा मेसेन्जर एपमा मात्रै डिसलाइकको सुविधा दिनेछ । फेसबुकका नियमित पोष्टमा चाहीँ डिसलाइक बटन हुनेछैन । हाल फेसबुकले परीक्षणको रुपमा मेसेन्जर एपमा रहेका अन्य रिएक्सन्स इमोजीसँगै डिसलाइक इमोजी पनि राखेको छ । लाइक बटनमा बुढीऔँला माथितर्फ फर्किएको चिन्ह रहेकोमा डिसलाइकमा बुढीऔँला तलतर्फ फर्किएको चिन्ह रहेको छ ।

इमोजीमा राखिएको डिसलाइक इमोजी प्रति प्रयोगकर्ताको पतिक्रियाका आधारमा फेसबुकले मेसेन्जर एपमा लाइक बटन सँगै डिसलाइक बटन पनि थप्ने सोँच गराएको बताइएको छ । एजेन्सी