काठमाडौँ – आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोट अन्तर्गत रहेका होटलहरुका सेवामा १५५ सहुलियत प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


कम्पनी र इला होटल एन्ड रिर्सोट बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन । यस्तै अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।


ADVERTISEMENT

# # #


इला होटल एन्ड रिर्सोट अन्तर्गत मौलाकालिकामा स्थित इला होटल एन्ड रिर्सोट, बाग्लुङ स्थित इला कम्फर्ट र लाजिम्पाट स्थित सेक एड फेन्ज रेस्टुरेन्ट, यसैगरी आईएमई हस्पिटालिटि एण्ड होटल अन्तर्गत पोखरा स्थित दी लेकसाइड रिट्रिट र लाजिम्पाटमा रहेको होटल ले हिमालय लगायतका होटल तथा हस्पिटालिटिहरु रहेका छन ।

उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एपमार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।