काठमाडौँ – नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)को सुरुवाती खेल आज किंग्स ११ पन्जाब विरुद्ध खेल्दैछ ।


ADVERTISEMENT


युएईंको दुबई अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा दिल्लीले टस हारेर पहिले ब्याटिङ गर्दैछ । सन्दीप लामिछानेले भने टिममा स्थान बनाउन सकेका छैनन् । दिल्लीले ४ वटा विदेशी खेलाडीको कोटामा सिम्रन हट्मायर, मार्कस स्टोइनिक्स,कागिसो रबाडा र एन्रिच नोर्त्जेलाई खेलाएको छ ।


ADVERTISEMENT

# # #


कोरोना भाइरसका कारण आइपीएल यस पटक युएईमा हुँदैछ । आइपीएलको पहिलो खेलमा हिजो चेन्नई सुपर किंग्सले साबिक विजेता मुम्बई इण्डियन्सलाई हराएको थियो ।

केहि दिन पहिले मात्रै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर युएई आइपुगेका सन्दीपले ६ दिनको क्वारेन्टिन बसाई शनिबार पूरा गरेका थिए । आजको खेलका लागि उनी उपलब्ध भए पनि टिममा पर्न नसकेका हुन् ।

यस सिजनको सीपीएलमा सन्दीपले जमाइका तल्ह्वाजबाट खेलेका थिए । जहाँ सन्दीपले ११ खेलमा १२ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा सातौँ स्थानमा थिए । सन्दीपको टिम जमाइका यस सिजनमा प्लेअफमा पुगेर ट्राइवांग्दो नाइट राइडर्ससँग पराजित भएको थियो ।

यस्तो छ अन्तिम ११

दिल्ली क्यापिटल्स : पृथ्वी श, शिखर धवन, सिम्रन हट्मायर, श्रेयश एयर(कप्तान), रिषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिक्स, अक्षर पटेल, रविचन्द्रन अश्विन, कागिसो रबाडा, एन्रिच नोर्त्जे र मोहित शर्मा ।

किंग्स ११ पन्जाब : केएल राहुल (कप्तान, विकेट किपर), मयंक अग्रवाल, करुण नयर, सर्फराज खान, ग्लेन म्याक्सवेल, निकोलास पूरन, के गौथम, क्रिस जोर्डन, रवि विस्नोई, मोहम्मद शमी र शेल्डन कोट्रेल ।