– अशोक शमशेर राणा, प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैँक


ADVERTISEMENT


गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको भन्दै समाचार आएको छ । यसमा हिमालयन बैँकको नाम पनि मुछिएको छ । यसबारे यथार्थ स्पष्ट पार्न चाहन्छु ।


ADVERTISEMENT

# # #


वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन)को आधिकारिक वेबसाइटमा हेर्यो भने ‘यो डाटा हामीले दिएको होइन र यसको मतलब जोसुकै अपराध गर्न उद्दत छन् भन्ने होइन, खाली एउटा क्रियाकलाप मात्रै रिपोर्ट गरेको हो । त्यसबारे हामीले हेरेर केही छैन भने छोड्छौँ, केही छ भने कारबाही गर्छौँ’ भनेको छ ।

पत्रकारहरुले यो डाटालाई ल्याएर अतिरन्जित गर्न खोजेको हो । हाम्रो सन्दर्भमा यहाँ ‘अकाउन्ट होल्डर’ उल्लेख गरिएको छ । जुन एउटा सानो कम्पनीको हो । जसले त्यती धेरै कारोबार पनि गर्दैन । त्यसकारण मलाई लाग्दैन कि यहाँ केही ‘ठूलै’ भएको छ । बरु पनामा पेपर्सको त्यती ठूलो हल्ला भएर पछि केही पनि हुन सकेन ।

त्यसकारण अहिले बाहिर आएको कुरा त्यस्तो ठूलो हो जस्तो मलाई लाग्दैन । हिमालयन बैँकको उक्त ग्राहकको हामीले शंकास्पद गतिविधि केही देखेका छैनौँ ।

सामान्यत : कुनै पनि व्यक्ति वा संस्थाको गतिविधि आयस्रोतभन्दा बढी छ भने हामी रिपोर्ट गर्छौं । यस्तो रिपोर्ट सबै बैँकहरुले गरिरहेका हुन्छन् । तर, यसको मतलब गैरकानुनी कारोबार हो भन्ने होइन । यही तथ्याङ्कलाई देखाएर अतिरन्जित गरिएको हो मात्रै हो यो ।

अहिले फाइनान्सियल इन्फरमेसन यूनिट (एफआईयू)ले ‘मनी फ्लो’ एकजनाबाट सबैमा गएको हो कि भनेर ‘ट्रयाप’ गर्न खोजेको हो । तर, शंकास्पद गतिविधिका कारण कोही मान्छेविरुद्ध मुद्दा दायर गरेको छैन । शंकास्पद गतिविधि देखिएकै आधारमा बैँकले कालोधनको कारोबार गर्‍यो वा प्रोत्साहन गर्‍यो भन्नु गलत बुझाई हो ।

अप्रमाणित तथ्याङ्क ल्याएर कम्पनीलाई पनि ‘ब्ल्याक मेल’ गर्नु त भएन नि । अहिले समाचारमा आए जसरी नेपालका बैँकहरुको यसमा संलग्नता छैन । यो अतिरञ्जना सिवाय केही होईन, नेपालका बैंकहरु गलत छन् भन्ने पुष्टि गर्ने यो कुनै आधार होईन ।

(हिमालयन बैँकका प्रमुख कार्यकारी अधिकृत राणाले हिमालयपोष्टसँग गरेको कुराकानीमा आधारित)