काठमाडौँ – आन्तरिक उडान गर्दै आएको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । कम्पनीले भारतमा उडान भर्ने योजनासहित संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको छ ।


ADVERTISEMENT


कम्पनीसँग हाल ७२ सिट क्षमताका ५ एटिआर, ३० सिट क्षमताका ५ जेटस्ट्रिम र भगिनी संस्था तारा एयरसँग ४ वटा ट्वीनवटर विमान गरी १४ विमान सञ्चालनमा छन् । यती एयरले हाल हाल पोखरा, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटार, विराटनगर, नेपालगन्ज, भरतपुर लगायतमा सेवा प्रदान गर्दै आएको छ।


ADVERTISEMENT

# # #


मन्त्रालयले अनुमति दिए छिट्टै भारतमा पनि उडान गर्ने प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले जानकारी दिए ।