काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ८ सय २३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार १ सय ५४ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ९ लाख ४३ हजार ९ सय ७७ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ७ हजार १ सय ७१ जना रहेका छन् भने १८ हजार १ सय ४२ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ८ हजार ९ सय ४९ जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार १ सय ९३ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ४८ हजार ३६१ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ४२९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ ।