काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले अनशनरत डा. गोविन्द केसीमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


मंगलबार ट्वीट गर्दै उनले सत्याग्रहीमाथीको दुर्व्यवहार क्रुरताको पराकाष्टा भएको बताएका हुन् । डा. गोविन्द केसीमाथि गरिएको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सरकारले आफ्नो पतनको बाटो आफै खनेको उल्लेख गरेका छन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘सत्याग्रहीमाथीको दुर्व्यवहारस् क्रुरताको पराकाष्टा ! सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाईदैन । तर, अनशनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ। क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ । सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ।’

मंगलबार प्रहरीले डा केसीलाई त्रिभुवन विमानस्थलबाट ट्रामा सेन्टर लैजाने भन्दै दुर्व्यवहार गरेको थियो । गत भदौ २९ देखि जुम्लामा १९ औँ अनसन सुरु गरेका थिए । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि हेलिकोप्टरमार्फत सोमबार नेपालगन्ज आएका उनी आज काठमाडौँ पुगेका थिए ।