धादिङ – पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् ।


ADVERTISEMENT


सडकमाथिबाट आएको पहिरामा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुिग्लनबाट काठमाडौँ आउँदै गरेको एचआर ३३–९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गजुरी गाउँपालिका–१ स्थित गलौँदीमा बिहान सडक माथिबाट आएको पहिराले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा सयांै सवारीसाधन रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र गाउँपालिकाको पहल भइरहेको छ ।