काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८ सय ९३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ९ हजार ४ सय ४९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ९ लाख ४४ हजार ४ सय ७४ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ७ हजार १ सय ४ जना रहेका छन् भने १७ हजार ४ सय १४ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ९ हजार १ सय ८६ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार २ सय २८ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ४९ हजार ९ सय ५४ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७३.७ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ४३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मत्यु भएको छ ।