काठमाडौँ – अशोज ६ गते साँझ बलत्कारपछि हत्या भएकी बझाङकी सम्झना विशवकर्माको बलत्कारपछि हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहोरा यसअघि पनि बलत्कारको घटनामा संलग्न रहेको खुलेको छ । प्रहरीका अनुसार साउन २९ गते राजेन्द्रले सोही ठाउँकी १३ बर्षीया बालिकालाई बलात्कार गरेका थिए । तर ३१ गते आफन्तहरुसँग बसेर मिलापत्र गरेको पाइएको छ । रावलले गल्ती भएको भन्दै ५०० रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोगेपछि मिलापत्र गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जनकारी दिए । सिँहले भने, ‘गर्भ रहे स्वीकार्ने शर्तमा मिलापत्र गरिएको रहेछ ।’


ADVERTISEMENT


आफन्तहरु बलत्कार जस्तो जघन्य अपराधलाई पनि सामान्य लिई मिलापत्र गराएको घटनाले बोहोरालाई थप अपराध गर्न प्रश्रय दिएको प्रहरी वरिष्ठ उपरीक्षक सिँहले बताए ।


ADVERTISEMENT

# # #


कक्षा ६ मा अध्ययनरत सम्झना बुधवार १० मिनेटको पैदल दुरीमा रहेको गोठमा गएकी थिइन् । उनी तीन घण्टासम्म पनि नफर्किएपछि परिवारले खोजी गरेपछि शिवमाण्डौ मन्दिरमा बालिकाको शव भेटिएको थियो । प्रहरीकाअनुसार बलात्कारपछि निर्मम ढंगले बालिकाको हत्या गरिएको पाइएको छ । शिवमाण्डौ मन्दिर क्षेत्रमा बालिकालाई बलात्कार गरेको र घटना बाहिरिने डरले फलामको सुइरोले रोपेर हत्या गरेको जानकारी प्रहरीले दिएको छ ।

मृतकका हजुरबुवाले ८/१० दिन पहिले एक व्यक्तिले आफ्नी नातिनीलाई सताएको सूचना दिएपछि प्रहरीले अनुसन्धानका क्रममा स्थानीय २० बर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।