काठमाडौं । सिधा लानुपर्ने हाईटेन्सनलाई सिमित स्वार्थमा नागबेली बनाउँदै बस्ती भित्र घुसाउन खोजेपछि द्धन्द उत्पन्न भएको छ । राजधानी भित्रै खुल्ला ठाउँमा भएको हाईटेन्सन घरै अगाडी ल्याउन खम्बा नै गाडेपछि स्थानीयहरु आक्रोसित भएका हुन् । बुढानिलकण्ठ नगरपालिका १ स्थित तैलुङका बासिन्दाहरुले वडा, नगरपालिका, बिद्युत प्राधिकरण लगायतको मिलेमतोमा आर्थिक चलखेल र गुण्डागर्दी गरेर आफ्नै घर अगाडीको सामुदायिक बाटोमा हाईटेन्सन ल्याउन खोजेको भन्दै बिरोधमा उत्रिएका छन् ।


ADVERTISEMENT


स्थानीयहरुले बिद्युत प्राधिकरण बितरण केन्द्र महाराजगञ्जलाई पत्र लेखी समुदायको बाटो भित्र हाईटेन्सन घुसाउने प्रयत्नले आँफुहरुलाई गम्भिर असर र मार्का पर्ने भन्दै तत्काल रोक्न माग समेत गरेका छन् । उनीहरुले हाईटेन्सनको तार घरै अगाडी टाङ्न टोलका कसैको पनि सहमती नभएको र जबरजस्ती गर्न खोजिए कानुनी बाटो रोज्ने समेत चेतावनी दिएका छन् ।


ADVERTISEMENT

# # #


सिधा आईरहेको हाईटेन्सनलाई करिब ५ सय मिटरको लागि मात्रै बङ्ग्याएर बस्ती भित्र पसाउन खोज्नुको पछाडी सो ठाउँमा विविध स्वार्थ हावी भएको आशँका गर्ने ठाउँ रहेको बताईएको छ ।

घरकै छत नजिकैबाट जानेगरीको तार ल्याउन दिन मञ्जुर नभएको बिषयलाई वडाले भने सहमती भएको भन्दै भ्रम फैलाएर झुक्याउने गरेको उनीहरुको आरोप छ । धेरै पहिला देखि यस्को बिरोध गरेपनि गुण्डागर्दी शैलीमा स्थानीयहरुको आवाज नसुनेरै जबर्जस्ती गरिएको बताईएको छ ।

स्थानीयहरुका अनुसार अहिले हाईटेन्सन भएको ठाउँमा परेका जग्गाधनीहरुको उक्साहट र आर्थिक प्रलोभनमा परेर सम्बन्धित निकायहरुले अन्धाधुन्ध बस्ती भित्र तार ल्याउने प्रपञ्च गरिरहेका हुन् । बर्षौं देखि रहेको हाईटेन्सनको मुनी नक्सापास गरेर घर समेत बनाउँदा समेत कुन मापदण्डले काम गरेको थियो भन्दै प्रश्न समेत उठाईएको छ । यसअघि मापदण्ड मिचेरै हाईटेन्सन मुनी घर समेत बनाईसकेको र अहिले आएर बिजुली नै अन्त सार्न ठूलो चलखेल भईरहेको स्थानीयहरुको आरोप छ । सोही खेलको मारमा नजिकैका अन्य बासिन्दाहरु परेका हुन् ।

यो बिषयमा हिमालय पोष्टसंग वडाध्यक्ष सुरेन्द्र लामाले स्थानीयहरुको सहमती लिएरै काम गरिने बताए । स्थानीयहरुले आशँका गरे जस्तो भन्दा पनि पुरानो ठाउँमा हाईटेन्सनले घरहरुलाई नै असर पुगेको देखिएकाले नयाँ ठाउँमा सार्न आवश्यक देखिएकाले काम अघि बढाईएको बताए । नयाँ ठाउँमा सार्दैगर्दा मार्का पर्ने भए बस्तीका बासिन्दासंग छलफल गर्न सकिने उनले बताएका छन् ।

हाईटेन्सनलाई बस्तीमा नपर्ने गरी नजिकै रहेको खोलाबाट स्थानान्तरण गर्ने बिकल्प हुँदाहुँदै पनि आफ्ना मागहरुलाई सम्बन्धित निकायहरुले पटक पटक नसुन्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ । एक ठाउँमा समस्या भयो भन्दै अर्को ठाउँमा गम्भिर असर पुग्ने गरी हाईटेन्सनलाई नै सर्प गुजुल्टेजस्तै बस्ती भित्र ल्याउन खोज्दा उनीहरु त्रसित बनेका छन् । यो बिषयमा नगरपालिका र प्राधिकरणको समेत भनाई बुझ्ने प्रयास भईरहेको छ ।