काठमाडौँ – हुम्लाको नाम्खास्थित लिमिलाप्चामा चिनिया पक्षले नेपाली भूमि अतिक्रमण गरी भवन निर्माण गरेको विरोधमा नेविसंघले चिनियाँ राजदूतावास अगाडि चीनको विरोध गरेको छ । नेविसंघका युवानेता कुन्दनराज काफ्लेको नेतृत्वमा नेपाली भूमि फिर्ताका लागि नेविसंघले राजदूतावास अगाडि प्रदर्शन गरेको हो ।


ADVERTISEMENT


प्रदर्शनीबाट प्रहरीले केही नेताहरुलाई पक्राउ गरेको छ । काफ्लेका अनुसार नेविसंघका नेताहरु नवराज त्रिपाठी,प्रनिल तामाङ,सुवोध ओलि,विन्दा बोगटी,अर्बत खड्का र दिपेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


हालै मात्र केही सञ्चारमाध्यमहरुमा भवन निर्माणको फोटोसहित चीनले नेपाली भूमिमा भवन बनाएको समाचार प्रकाशित भएको थियो । यद्यपि, सरकारले उक्त समाचारको खण्डन गर्दै चीनसँग कुनै सिमा समस्या नरहेको बताएको छ । गत साता सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उक्त समाचारको खण्डन गर्दै भनेका थिए, ‘ बनेका घरहरुनेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको पाइएको रहेछ, त्यसकारण नेपाल र चीनबीच सीमाको समस्या छैन् ।’ यद्यपि लिमिका स्थानियहरुले भने वर्षौँदेखि भोगचलन गर्दै आएको जमिनलाई सरकारले नै चिनको भूमि भनेकोमा आपत्ति जनाउँदै आएका छन् ।

यसअघि पनि केही सञ्चार माध्यममा चीनले सात जिल्लामा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएको थियो । गत साउनमा पनि सरकारले त्यसको खण्डन गर्दै चीनले सात स्थानमा नेपाली सीमा अतिक्रमण गरेको भनेर आएको समाचारको खण्डन गरेको थियो ।

गत वर्ष नापी विभागले चीनसँग दुई ठाउँमा सिमा विवाद रहेको बताएको थियो । अझैँ पनि चीनसँगका आधा दर्जन बढी सिमा स्तम्भ बेपत्ता भएका कारण सरकारले नै चिनसँग सिमा विवाद छैन भन्नु खेँदजनक रहेको युवानेता काफ्लेले बताए ।