काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहकलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुविधा ल्याएको छ ।


ADVERTISEMENT


यस सुविधाबाट बैंकको नयाँ ग्राहकहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकहरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


नयाँ कार्डबाहक ग्राहकहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर “Enter Your OTP” मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नेछन् । यस पश्चात कार्ड बाहकहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक OPT प्राप्त गर्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको OPT प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सक्नेछन् ।