काठमाडौँ – भारतले महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा नेपाललाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको छ ।


ADVERTISEMENT


शुक्रबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका ३० जिल्लाका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


भारतले प्रत्यके वर्ष गान्धीको जन्म जयन्तीमा नेपाललाई उपहारस्वरुप एम्बुलेन्सहरु प्रदान गर्दै आएको छ । सन् १९९४ देखि आजसम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स नेपाललाई उपलब्ध प्रदान गरिसकेको छ । भारतीय राजदूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका (एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट) एम्बुलेन्स प्रदान गरेको छ ।

यी तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएको दूतावासले जनाएको छ ।

के के छन् सुविधा ?

एडभान्स लाइफ सपोर्ट अन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि रहेका छन् ।

यस्तै  बेसिक लाइफ सपोर्टका एम्बुलेन्समा भन्टिलेटर बाहेक यी सबै सुविधा हुनेछन् भने कमन लाइफ सपोर्ट अन्तर्गतका एम्बुलेन्समा भने फोर व्हील प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरु पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त हुने दूतावासले जनाएको छ ।

यस्तै आज ६ जिल्लाका शैक्षिक संस्थाहरुलाई प्रदान गरिएकाबस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।